डडेल्धुरामा शुभकामना कप २०८१ अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिता  हुने

२०८१ भदौ ०८ गते शनिबार, डडेल्धुरा ।  डडेल्धुरामा अन्तर पालिकास्तरीय महिला तथा पुरुषको खुल्ला शुभकामना कप २०८१ भलिबल प्रतियोगिता हुने भएको छ ।

 

 शुक्रबार जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्नाको अध्यक्षतामा बसेको बैठकले दशैँ र तिहारको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। 

 

नेपालको राष्ट्रिय खेल भलिबलको व्यापक प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्यले असोज १७ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना गरिने जिल्ला भलिबल संघ डडेल्धुराका महासचिव पुस्करबहादुर देउवाले जानकारी दिए ।

 

उनका अनुसार बैठकले जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भलिबल खेलाडीहरूलाई सम्मान गर्ने निर्णय पनि गरेको छ।

प्रतिकृया दिनुहोस

महिला अन्तरराष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा नेपालको लज्जास्पद हार, युगाण्डासँग ४० रनले पराजित

२०८१ फागुन ३० गते,। महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा नेपालले युगाण्डासँग लज्जास्पद हार बेहोरेको छ। ​नेपाली टोली

शुक्लाफाँटामा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

२०८१ फागुन ३० गते, झलारी । शुक्लाफाँटा नगरपालिका ८ को वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।   वडा कार्यालयका आयोजित एक

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।   एनपीएलको पहिलो