ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु

२०८१ साउन २६, शनिबार एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासीय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ । तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ ।
प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् । एटीआर ७२–५०० विमान दुर्घटनापछि फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ । ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गर्नुभएको छ । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा पनि भूकम्प महशुस
शनिबार, २३ चैत २०८१,। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते
२०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन
१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त
प्रतिकृया दिनुहोस