दिउँसै लाईट बालेर शुदुरपश्चिम सरकारको खोजि गरियो

२०८१ साउन १४ धनगढी, सुदूरपश्चिम प्रदेश सरकारको सांसदहरुले टर्च बालेर खोजी कार्य गरेका छन्। प्रदेश सभाको विशेष अधिवेशनमा मुख्य मन्त्री तथा मन्त्रीहरु उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमवार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन्। आज सोमवार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरू अनुउपस्थिति रहेका थिए।
टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन्। सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको बताए।
नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेको अवस्थामा राजीनामा दिनुपर्ने बताए। प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ। प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको छ। सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित गरिएको हो।

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
२०८१ चैत्र ३० । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले

सुदूरपश्चिमेलीहरुको मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढ्यो
२०८१ चैत्र ३० । सुदूरपश्चिमेलीले मनाउने मौलिक पर्व बिसु नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर
.jpeg)
वायु प्रदूषण अनी मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या
२०८१, बुधबार चैत २७ गते । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि
प्रतिकृया दिनुहोस