एपीएफ स्कुल झलारीमा संचालित अन्तर सदनात्मक फूटबल प्रतियोगिताको शनिबार फाइनल खेल सम्पन्न

साउन १३, झलारी । नेपाल एपीएफ स्कुल झलारीमा संचालित अन्तर सदनात्मक फूटबल प्रतियोगिताको शनिबार फाइनल खेल सम्पन्न भएको छ। शुक्रबार देखि संचालित भएको खेलको फाईनल खेल सम्पन्न भएको हो । फाईनल खेलमा शैलेश्वरी सदनले उग्रतारा सदनलाई २,१ गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

शुक्रबार भएको खेलबाट शैलेश्वरी र बैजनाथ सदन फाइनलमा पुगेका थिए। सशस्त्र प्रहरी बल कल्याणकारी कोषबाट सञ्चालित नेपाल एपीएफ स्कुल झलारीमा विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन भएको फुटबल प्रतियोगितामा सहभागी हुन शुक्लाफाटा सदन, बैजनाथ सदन, उग्रतारा सदन र शैलेश्वरी सदन गरी ४ फुटबल टोलीको सहभागिता रहेको थियो । शुक्लाफाटा सदनलाई बैजनाथ सदनले दुईका विरुद्ध तीन गोल र शैलेश्वरी सदनले उग्रतारा सदनलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । शनिबार भएको फाइनल खेलमा शैलेश्वरी र बैजनाथ सदनका बीच प्रतिस्पर्धा भएको थियो।

 

फाइनल खेल समापन पछि विजयी सदनका खेलडीहरुलाई सम्मान कार्यक्रम राखिएको थियो। सम्मान कार्यक्रममा विजयी सदनका खेलडीहरुलाई नं ३५ गणका गणपति खगेन्द्र बहादुर चन्दले टीका लगाई ट्रफी प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल एपिएफ स्कुलका कमाडेण्ट सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द, लिटिल बुद्ध एकेडेमि महेन्द्रनगर कञ्चनपुरका प्रधानाध्यापक , एपिएफ विद्यालयमा कार्यरत शिक्षक, शिक्षका, विद्यार्थी एवं सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

महिला अन्तरराष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा नेपालको लज्जास्पद हार, युगाण्डासँग ४० रनले पराजित

२०८१ फागुन ३० गते,। महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा नेपालले युगाण्डासँग लज्जास्पद हार बेहोरेको छ। ​नेपाली टोली

शुक्लाफाँटामा खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

२०८१ फागुन ३० गते, झलारी । शुक्लाफाँटा नगरपालिका ८ को वडा कार्यालयले क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।   वडा कार्यालयका आयोजित एक

एनपीएलको पहिलो उपाधीका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

६ पुष २०८१, शनिबार, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।   एनपीएलको पहिलो