धनगढीको नोभा हस्पिटलमा तनाव सिर्जना , अस्पताल तोडफोड, प्रहरीद्धारा अश्रुग्याँस प्रहार

२०८१ साउन १२ गते शनिबार ।
धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको हो ।
अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आफन्तजनको विरोधले तनाव सिर्जना भएको हो । सामान्य स्वास्थ्य समस्या लिएर आएका उनको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा तनाव सिर्जना भएको छ ।
मृतकका आफन्त रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले न त उचित उपचार गरेको, न त रिफर नै गरेको बताए ।
आफन्तले हालसम्म मृतकको शव बुझ्न मानेका छैनन् । तर अस्पताल प्रशासनले भने लापरबाही नरहेको दाबी गरेको छ ।
अस्पतालमा तनाव सिर्जना भएपछि सुरक्षा बढाइएको छ । स्थिति झनझन उग्र बनेपछि प्रहरीले ४ सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडूले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको बताए ।
त्यस्तै, अस्पताल तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाइतेहरूको धनगढीकै सारथी अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको सेती दोभानमा बस दुर्घटना, २३ जना घाइते
२०८१ माघ २७ गते, काठमाडौै । चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत भेटिए, अनुसन्धानमा कुकुर परिचालन
१९ माघ, २०८१ महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ। भीमदत्त

टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर बगेर दुईजनाको दुखद निधन
७ पुष २०८१, आईतवार तेह्रथुममा मेन्छ्यायेम गाउँपालिका–५ मा टिकटक बनाउने क्रममा दुईजनाको ज्यान गएको छ। गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स
प्रतिकृया दिनुहोस