गहना र नगद चोरी गरि भाग्दै गरेका युवक पक्राउ

टेक राज पन्त
कञ्चनपुर, २८ असार 
 
  भीमदत्तनगरपालिका १७ बस्ने चक्र बहादुर ऐडीको घरबाट  नगद रकम र  गहना चोरी गरी भाग्दै गरेका चोरलाइ आज प्रहरीले पक्राउ गरेको छ ।
  कैलाली जिल्लाको जोशीपुर गाँउपालीका ४ बस्ने २२ बर्षिय राजु खानलाई ऐडीको घरमा कोही नभएको अवस्थामा मौका हेरि नगद रकम र  गहना चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
  ऐडीको घरबाट चोरी गरेको नगद रकम र सुनका गहना सहित भाग्दै गरेका खानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताउनु भयो । 
  पक्राउ परेका खानलाई हिरासतमा राखेर सोधपूछको कार्य भैरहेको उहाँले जानकारी दिनु भयो । 
 

Tuning

onair

On Air
Hit mix songs

onair

Coming up..
prabhu News raftaar

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु