करेन्ट लागि एक युवकको मृत्यु

टेक राज पन्त
कञ्चनपुर,  १७ असार
 
   जिल्लाको भिमदत्त नगरपालिका ६ ऐठपुरमा बिजुलीको पोल गाड्ने क्रममा आज करेन्ट लागि एक जनाको मृत्यु भएको छ । थप चार जना घाइते भएका छन । 
   दिउसोको समयमा बिजुलीको पोल गाड्ने क्रममा लालझाडि गाउपालिका ५ देखतभुली बस्ने २४ वर्षिय शिव राज राना, सोहि ठाउका २२ वर्षिय जवाया राना, बेल्डाडी गाउपालिका २ टाइगर बस्ती बस्ने २० वर्षिय सन्दिप चौधरी, कृष्णपुर नगरपालिका ६ बस्ने १८ वर्षिय अनिल चौधरी र कैलालीको उर्मा नगरपालिका १६ बस्ने २० वर्षिय बालकृष्ण चौधरी करेन्ट लागि घाइते भएका थिए । 
  घाइते पाँचै जनालाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै शिव राज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो । 
अन्य घाइते चारै जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल रिफर गरिएको र घाईतेहरुको अवस्था अहिले मध्यम रहेको उहाँले बताउनु भयो । 
 
 

Tuning

onair

On Air
Hit mix songs

onair

Coming up..
prabhu News raftaar

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु