शुक्लाफाँटा नगरपालिकामा धान दिवस मनाइयो

टेक राज पन्त 
झलारी, १५ असार
 
 आज असार १५ देश भरि नै धान रोपेर धान दिवस मनाइदै छ । त्यसै गरि शुक्लाफाँटा नगरपालिकामा पनि कृर्षी शााखा झलारीको आयोजनामा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ सिसैया राजीपुरमा “धान उत्पादनमा वृद्धि, राष्टको समृद्धि” भन्ने मुल नाराका साथ पन्ध्रौ धान दिवस मनाईएको छ । 
 शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रमेश बहादुर ऐर को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख दिल बहादुर ऐर रहेका थिए । 
 धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ऐरले शुक्लाफाँटा नगरपालिकाका कृषकहरुलाई अब पुरानो परापुर्वकाल देखि चलिआएको प्रविधिलाई त्यागि नया प्रविधिद्धारा उन्नत धान रोपेर आत्म निर्भर बन्न आग्रह गर्नु भन्नु भयो । सोको लागि नगरपालिकाले बजेटको ठुलो हिस्सा छुट्याएको समेत जानकारी दिनुभयो । छुट्याइएको बजेटबाट नगरपालिका भित्र रहेका किसानहरुलाई उन्नत बिउ, कृर्षि औजार रसायनिक मल बितरण गरि कृर्षिलाई  नया क्रान्तीको रुपमा रुपान्तरण गर्ने समेत उहाले बताउनु भयो । 
 
 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु