नालामा भारतीय युवकको शव फेला

टेक राज पन्त 
कञ्चनपुर, १२ असार 
कञ्चनपुरको भीमदत्त नगरपालिका जानकि टोल नजिकैको नालामा हिजो २१ वर्षिय भारतिय युवक राजेश सक्सेनाको शव फेला परेको छ ।
सक्सेना भारतको बरेली घर भई हाल कञ्चनपुरको भीमदत्तनगरपालीका १८ जानकी टोलमा डेरा गरी बस्ने गरेका थिए । 
मृतक सक्सेनाको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको जनाईएको छ ।
 सक्सेनाको मृत्यु के कती कारणले भएको हो त्यसबारे अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो ।

Tuning

onair

On Air
prabhu headlines news

onair

Coming up..
Hit mix songs

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु