शुक्लाफाँटा नगरपालिका १२ नम्बर वडामा आँखा शिविर सम्पन्न

रिना अधिकारी
झलारी,  ९ असार
 
 
 शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा शनिवार आँखा शिविर सञ्चालन गरिएको छ ।
 बिहान ९ बजे शुक्लाफाँटा नगरपालिका १२ नम्बर वडामा रहेको शिवशक्ति माध्यमिक विद्यालय कालागौडिमा शिविरको उदघाटन गरिएको हो ।
 शुक्लाफाँटा नगरपालका वडा नम्बर १२ का अध्यक्ष बाले रानाको सभापतित्वमा भएको उदघाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख दिल बहादुर ऐर रहेका थिए । नगर प्रमुख ऐरले आँखा सिबिर कार्यक्रमको उदघाटन गरेका थिए ।
 शिविरमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का सम्पुर्ण नागरिकहरुलाई सेवा दिइएको छ भने  जेष्ठ नागरिक, एकल महिला, दलित, जनजाती, बालबालिकालाई लक्षित गरि आँखा शिविर सञ्चालन गरिएको जनाईएको छ ।
 शिविरमा गेटा आँखा अस्पताल कैलालीका आँखा विशेषज्ञ डा. देवराज पनेरु सहितका ७ सदस्यिय टोलीले सेवा प्रदान गरेका हुन् ।
 आँखाको चेक जाँच गराउनेमा ३२३ महिला र १६२ पुरुष गरि जम्मा ४८५ जना रहेकोमा ४९ जनाको शल्यक्रृया गर्नुपर्ने देखिएको आँखा विशेषज्ञ डा. पनेरुले जानकारी दिएका छन ।
 जसमध्येमा पनि ४४ जना मोती बिन्दुका बिरामी भेटिएका छन भने ५ जना आँखामा मासु पलाएको समस्या देखिएका मानिस भेटिएका छन ।
 मोती बिन्दु भएका र आँखामा मासु पलाएका ४९ जनाहरु मध्येबाट ३० जना गम्भिर प्रकृतिका व्यक्तिलाई छानी गेटा आँखा अस्पतालमै लगी शल्यक्रृया गरिने शुक्लाफाँटा नगरपालिका १२ नम्बर वडाका वडा सचिव मान सिंह साउदले जाकारी दिएका छन ।
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु