प्रहरीद्धारा आफै उम्रेको गाँजा नष्ट

टेक राज पन्त
कञ्चनपुर, ७ असार
 
    लागु औषध दुरुपयोग एवं ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस २०७५ को सप्ताह व्यापी कार्यक्रम अन्तरगत बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न ठाँउमा उम्रेको गाँजा फडानी गरि नस्ट गरेको छ । 
    जिल्लाको भिमदत्त नगरपालिका ४ उद्योग बाणिज्य संघ एरियादेखि लिएर बजार क्षेत्रमा उम्रेका गाँजाका बोटहरु जि प्र का कञ्चनपुर र सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको संयूक्त सहभागितामा नष्ट गरिएको हो । सोहि नगरपालिका १८ जानकि टोलको रोड छेउ र स्थानियको खालि जमिनमा उम्रेको गाँजा जि प्र का कञ्चनपुरका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कि नेतृत्वको प्रहरी टोलिले फडानी गरि नष्ट गरेको छ । 
   त्यसै गरि ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट प्रही सहायक निरिक्षक योगेन्द्र बलायरको नेतृत्वमा खटिएको प्रहरी टोलीले पुनरवास नगरपालिका वडा नम्बर १० दोदा पुल आसपास स्थानिय बासिन्दाको खेतबारीमा उम्रेको गाँजा फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनु भयो ।  
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु