खोलामा बगि किशोरीको मृत्यु

रिना अधिकारी, कञ्चनपुर, जेठ २५
 
  आज बिहान परेको वर्षाका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ पिपरीया बस्ने सोनिया रानाकी १२ वर्षिय छोरी सबिता रानाको खोलामा बगेर मृत्यु भएको छ ।
  सबिता राना र कुमार रानाकी १३ वर्षिय छोरी पुजा राना जगंलमा साग ल्याउन गएका बेला जगंलबाट फर्कदा बालुवा खोला तर्ने क्रममा काठे पुलबाट खसेका जनाईएको छ । 
  प्रहरीले खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय रैकवार बिचुवाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा पुजा रानाको सकुसल उद्धार गरिएको थियो तर सबिता राना खोलामा बगेको ठाँउबाट ५०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनु भयो । 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु