युवती बेच्न लैजादै गर्दा तीन जना पक्राउ

कञ्चनपुर, जेठ २१
     एक युवतीलाई कञ्चनपुरबाट भारत लैजाने क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भारतको उधमसिंह नगर खटिमा बस्ने ४७ वर्षिय महेन्द्र पाल र कञ्चनपुरको महाकाली नगरपालिकाका दुई जना गरि ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
    युवतीको घरमै गई परिवारलाई विभिन्न प्रलोभनमा पारी लोभलालच देखाई युवतीलाई भारतको खटिमा तर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले तिनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनु भयो । 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु