आर्यन सर्वोत्कृष्ट अभिनेता, प्रियंका सर्वोत्कृष्ट अभिनेत्री

‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा आर्यन सिग्देल सर्वोत्कृष्ट अभिनेता तथा प्रियंका कार्की सर्वोत्कृष्ट अभिनेत्री घोषित भएका छन् । सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले जित्दा त्यसका निर्देशक रामबाबु गुरुङ सर्वोत्कृष्ट निर्देशक भए ।

सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, भारतीय गायिका सञ्जीवनी लगायतले शनिबार बेलुका  भएको कार्यक्रममा विजेतालाई पुरस्कार वितरण गर्नुभयो । नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)को आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट सहअभिनेताको पुरस्कार अनुपविक्रम शाही र सहअभिनेत्रीको छुल्ठिम डोल्मा गुरुङले हात पारे । नव अभिनेता पुरस्कार सञ्जोग कोइराला र नव अभिनेत्री पुरस्कार आश्मा डिसीले प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट लेखनमा छेतेन गुरुङ, छायाँकारमा शैलेन्द्रध्वज कार्की, सम्पादकमा सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशकमा राजकुमार उप्रेती, सङ्गीतकारमा ताराप्रकाश लिम्बु, पाश्र्वगायनमा युवराज चौलागाईँ, नृत्य निर्देशकमा कविराज गहतराज र पाश्र्व सङ्गीतमा रामजी लामिछाने सर्वोत्कृष्ट भए । सर्वोत्कृष्ट ध्वनि पुनःमुद्रणमा उत्तम न्यौपाने, सर्वोत्कृष्ट व्यावसायिक चलचित्रमा कोहिनूर, चलचित्र पत्रकारितामा विजयरत्न तुलाधरले सर्वोत्कृष्ट पुरस्कार जित्दा जुरी राष्ट्रिय चलचित्र पुरस्कारबाट सुदीपभुपाल सिंहलाई सम्मानित गरियो ।

प्रत्येक सर्वोत्कृष्टलाई ‘अवार्ड’सँगै जनही ५१ हजार नगद पुरस्कारबाट सम्मानित गरियो । चलचित्रका हरेक विधाका पुरस्कारका नाम नेपाली चलचित्र क्षेत्रका लामो समयसम्म योगदान पुर्‍याएका फरक फरक व्यक्तित्वको नामबाट राखिएको थियो ।

पुरस्कार वितरण गर्दै सूचना तथा सञ्चारमन्त्री डा. रिजालले अन्तिम सूचीमा छानिएर पनि ‘अवार्ड’ नजितेका कलाकारलाई हौसला दिँदै भन्नुभयो 'सबै कलाकार १९/२० हुनुहुन्छ, कस्ले पायो, पाएन गौण कुरा हो, मुख्य कुरा समग्र चलचित्र क्षेत्र नै पुरस्कृत भएको छ ।'

कार्यक्रममा भारतीय गायिका सञ्जीवनीले नेपाली गीत गाएर स्रोता दर्शकको मन जित्दा विभिन्न नेपाली कलाकारले पनि बेजोड प्रस्तुति दिएका थिए 

Tuning

onair

On Air

onair

Coming up..
Prabhu News

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु