द्धन्द पिडितहरुसंग अन्तरकृयात्मक छलफल कार्यक्रम सम्पन्न

 
रिना अधिकारी
झलारी, जेठ १६
 
  आज शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ३ जोनापुर मा रहेको सुर्यज्योती सहकारी संस्थाको हलमा शान्तीका लागि स्थानिय क्षमता कार्यक्रम अन्तरगत द्धन्द पिडितहरुसंग १ दिने अन्तरकृयात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । द्धन्द पिडित तथा एकल महिला विकास केन्द्र महेन्द्रनगरको आयोजनामा भएको कमर्यक्रमको सभापती यसै सस्थाका अध्यक्ष सीता बोहरा रहनुभएको थियो । त्यसै गरि प्रमुख अथितिमा शुक्लाफँटा नगरपालिका नगरप्रमुख दिल बहादुर ऐर, विशिष्ट अथितिमा उपप्रमुख तुलसी देवी हमाल, अथितिहरुमा शुक्लाफाँटा नगरपालिका ३ का वडा अध्यक्ष नरेन्द्र प्रसाद चौधरी, नेपाल रेटक्रस सोसाइटी महेन्द्रनगरका सदस्य मधु बोहरा रहेका थिए । कार्यक्रममा द्धन्द पिडित, एकल महिला, बाडी पिडित, मनोसामाजिक परामर्सकर्ता कल्पना लुइटेल (बडु) र सञ्चारकर्मीहरुको सहभागीता रहेका थियो ।  
कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत डम्बरी बिष्ट कुँवरले गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर अध्यक्ष बिस्नुले गर्नु भएको थियो । 
द्धन्द पिडितहरुसंगको अन्तरकृयात्मक छलफल कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगर प्रमुख ऐरले शुक्लाफाँटा नगरपालिका भित्रका द्धन्द पिडितहरुको विवरण स्थानिय सान्ती समिति महेन्द्रनगर लाई पठाइसकेको र शुक्लाफाँटा नगरपालिकाका १० वर्षे जनयुद्धमा ३५० भन्दा बढीको संख्यामा रहेका द्धन्द पिडितलाई स्थानिय सरकारका तर्फबाट हुनसक्ने सहयोगका लागि सधै तयार रहेको बताउनु भयो ।

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु