आन्तरिक लगानीमा अमृता बाल विद्या मन्दिर पिपलाडिद्धारा विद्यालयमा सिसि टिभि क्यामेरा जडान

 
टेक राज पन्त  झलारी,  जेठ  १० 
    शुक्लाफाँटा  नगरपालिकाको पिपलाडिमा रहेको अमृता बाल विद्या मन्दिरले विद्यालयमा सिसि टिभि क्यामेरा जडान गरेको छ । विद्यालयले आन्तरिक श्रोतबाट करिब २ लाख खर्चेर सिसि टिभि क्यामेरा जडान गरेको हो । विद्यालयले सम्पुर्ण कक्षाकोठा कार्यालय भवनमा गरि जम्मा २० वटा क्यामेरा जडान गरेको छ ।
    विद्यालय शिक्षालाई गुणस्तरिय र प्रभावकारी बनाउनका लागि सिसि टिभि क्यामेरा जडान गरिएको विद्यालयका प्राध्यानाध्यापक नविन साउदले जानकारी दिनुभयो । करिब १ महिना अगाडिबाट ई हाजिरिको सुरुवात गरेको विद्यालयले हिजो मात्रै सिसि टिभि क्यामेरा जडान गरेको हो । 
    अभिभावक शिक्षक र विद्यार्थीहरु बिच सुमधुर सम्बन्ध कायम गर्न र विद्यालयलाई पुर्ण डिजिटल बनाउनकालागि अब छिट्टै मोबाईल एसएमएस सेवा समेत भित्र्याउन लागिएको प्र.अ. साउदले बताउनु भयो । 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु