भारतिय दुई जना बिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्धा

टेक राज पन्त कञ्चनपुर, जेठ १०
 
    कञ्चनपुर जिल्ला बस्ने एक जना बालिका लाई जेठ ८ गतेका दिन ललाई फकाई गरि भारत लगेको आरोपमा दई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरि दुवै विरुद्ध मानव बेचनिखन तथा ओसार पसार मुद्धा दर्ता गरेको छ । 
     कञ्चनपुरबाट बालिकालाई प्रलोभनमा पारि भारतको टनकपुरको एक कोठामा राखि रातभरि यातना दिने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 
     घटनाबारे जानकारी पाए पश्चात जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोली नेपाल प्रहरीको बिषेश पहल र भारतिय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएको हो ।  
     घटनामा संलग्न अभियुक्त भारतको पिलिभित थाना जानदवा ग्रामडाग बस्ने ईकवाल अहमदका २४ वर्षिय छोरा ईन्तजार अहमद र सोहि ठाँउ बस्ने अफजल अहमदका २० वर्षिय छोरा सोहिब अहमदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी निरिक्षक माधव बिश्वकर्माले जानकारी दिनुभयो । 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु