आधा किलो सुन सहित दुई भारतीय पक्राउ

टेक राज पन्त 
कञ्चनपुर, जेठ २ 
     विशेष सुराकिका आधारमा भारत तर्फ लैजादै गरेको अन्दाजी आधा किलो सुन सहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौँबाट कञ्चनपुरको सिमावर्ती क्षेत्र गड्डा चौकि हुदै भारतिय एच. आर. १२ ए. एफ.०००६ नम्बरको गाडिमा भारत तर्फ लैजादै गरेको अवस्थामा गाडिलाई खान तलासी गर्दा ईलाका प्रहरी कार्यालय गड्डा चौकिको प्रहरी टोली र सिमा सुरक्षा बल गड्डा चौकि बाट खटिएको संयुक्त टालीले अन्दाजी आधा किलोग्रामको परिमाणमा सुन फेला पारेको हो । 
    बरामद  सुन सहित गाडि चालक भारतको कैथल हरियाना बस्ने ३५ वर्षीय जितेन्द्र सोहनी र उनी संगै रहेका सोहि ठाँउ बस्ने ४५ वर्षीय सुरेस कुमार पाललाई हिरासतमा राखिएको छ । प्रकाउ परेका दुवै जना र गाडि सुन सहित भन्सार कार्यालय गड्डा चौकिमा राखि थप अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक उमाकान्त जोशीले जानकारी दिनु भएको छ । 
 

Tuning

onair

On Air

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु