मानव बेचबिखन तथा ओसार पसार विरुद्ध अभिमुखि कार्यक्रम शुक्लाफाँटाको झलारीमा सम्पन्न

टेक राज पन्त
झलारी, जेठ १
 
     मानव बेचविखन विरुद्ध लामो समयदेखि कार्य गर्दै आएको संस्था थ्री एन्जल्स शाखा कञ्चनपुर र शुक्लाफाँटा नगरपालिकाको सहकार्यमा शुक्लाफाँटा नगरपालिकाले आयोजना गरेको सरोकारवालाहरु बिच मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १ दिने अभिमुखि कार्यक्रम आज सम्पन्न भएको छ । 
     शुक्लाफाँटा नगरपालिका झलारीको रमाइलो होटेलमा सम्पन्न अभिमुखि कार्यक्रममा नगर प्रमुख दिल बहादुर ऐर प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सवारी चालक, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, थ्री एन्जल्स शाखा कञ्चनपुरका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।
     आज भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राधिका पन्तले राख्नु भएको हो भने भिम प्रसाद पौडेल, अधिवक्ता उद्धव राज भट्ट र महिला तथा बालबालिका विकास अधिकृत जयन्ती गिरिले कार्यपत्र प्रस्तुत गनु भएको थियो । कार्यक्रममा बिशेष गरि मानव बेचबिखन तथा ओसार पसारको रोकथाम, बेचबिखनमा परेकाहरुको उद्धार र पुर्नस्थापनका बारेमा जानकारी दिईएको हो ।
     त्यसै गरि इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरिक्षक मणिराज भट्ट, शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य उत्तर देव भट्ट, वडा नम्बर ७ का अध्यक्ष तथा नगर संघ प्रवक्ता जगत बहादुर सिंह, शुक्लाफाँटा नगरपालिकाका प्रसासकिय अधिकृत रघुनाथ अवस्थी र नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
     मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभिमुखि कार्यक्रममा नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अथिती ऐरले आफ्नो मन्तव्य राख्दै मानव बेचबिखन तथा ओसार पसार विरुद्ध योजनाबद्ध भएर काम गर्ने बताउनु भएको छ । साथै कुनै पनि किसिमका अपराधिक घटनाहरुलाई कानुनको दायरामा ल्याई अपराधि जो सुकै भए पनि उनि बिरुद्ध कडा रुपमा प्रस्तुत हुने जानकारी दिनुभएको छ । मानव बेच बिखनका मुख्य केन्द्र भारतिय बजार भएको र खुला सिमानाकाका कारण मानव बेचबिखनमा संलग्न व्यक्ति त्यस्ता ठाँउमा बढि सक्रृय देखिने हुदा त्यस क्षेत्रमा कार्यरत सुरक्षा निकाय र मानव बेचबिखन तथा ओसार पसार विरुद्ध काम गर्दै आएका संघ सस्थाहरु बढि चनाखो हुनु पर्ने बताउनु भएको छ । कार्यत्रलमको संचालन शुक्लाफाँटा नगरपालिकाका खरिदार सुरेन्द्र भट्टले गर्नु भएको थियो ।  
   
 

Tuning

onair

On Air

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु