नाबालिका जबरजस्ती करणी गर्ने युवक पक्राउ

टेक राज पन्त
कञ्चनपुर फाल्गुन ९
 
        कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ८ ‘क’ गाँउ बस्ने महाबिर श्रीमालका ३६ वर्षका छोरा भिम बहादुर श्रीमाल ४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन । श्रीमालले यहि फाल्गुन ६ गते अन्दाजी १ बजे राति आफ्नो बजै सँग सुतेकि नाबालिकालाई कसैले थाहा नपाउने गरि सुतेको स्थानबाट उठाई घरबाहिर लगेर जबरजस्ति करणी गरि पुनः सुतेकै स्थानमा राखेर भागेका थिए ।  
 
       घटनाबारे थाहा पाउनासाथ उनका आफ्न्तले फाल्गुन ८ गते मंगलबार  प्रहरीलाई खबर गरेका थिए । घटनाबारे खबर पाए लगत्तै अनुसन्धानमा खटिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलिले उनलाई अनुसन्धानका क्रममा जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ९ ‘ख’ गाँउमा लुकिछिपी बसेकोे अवस्थामा फेला पारेको हो । श्रीमाल माथी जबरजस्ती करणीको मुद्धा लगाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनु भयो ।  
 

Tuning

onair

On Air
Prabhu News

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु