कञ्चनपुर महात्सवमा गैर कानुनि रुपमा चिठ्ठा खेलाउने एक युवक पक्राउ

कञ्चनपुर ८ फाल्गुन 
टेक राज पन्त
 
    कञ्चनपुरको भिमदत्त नगरपालिकाको खुलामञ्चमा कञ्चनपुर उद्योग वाणिज्य संघद्धारा आायोजित प्रदेश स्तरिय औद्योगिक मेलामा ग्राहकहरुलाई झुक्याइ गैर कानुनि रुपमा चिठ्ठा खेलाउने एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अर्घाखांची जिल्लाको सितगंगा नगरपालिका १३ डोडुवा बस्ने नम बहादुर भाटक्षेत्रीका छोरा २१ वर्षिय लक्ष्मण भाटक्षेत्री(बि.सि.) रहेका छन ।
        बिसिले मेलाको स्टल नम्बर ९१, ९२ र ९३ भाडामा लिइ जय माता दि अगरबत्ति धमाका नामबाट अनुमति नलिइकनै गैर कानुनि रुपमा महंगो मुल्यको सामानलाई अंकित गरि झुक्याइ महंगो सामानको चिठ्ठा नपरि सस्तो खालको सामान मात्र चिठ्ठामा पर्ने गरि चिठ्ठा खेलाएको पाइएको हो । 
 उनले आफ्नो स्टलमा राखेका अन्दाजी पञ्चानब्बे हजार बराबरका एल इ डि टिभि, राइस कुकर,मम पकाउने भाडा, डिस होमका छाता, चाउचाउ, बिस्कुट, साबुन लगायत सामान र बिस हजार चार सय छयासट्ठी नगत समेत बिसिलाई नियन्त्रणमा लिइएको छ । साथै थप अनुसन्धानको कार्यलाई अगाडि बडाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्मराज जोशीले जानकारी दिनुभएको छ । 
 

Tuning

onair

On Air
Hit mix songs

onair

Coming up..
prabhu News raftaar

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु