शुक्लाफाँटा नगरपालिकामा महिलाहरुको नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न

कञ्चनपुर फाल्गुन ७ 
टेक राज पन्त 
        महिलाहरुको नेतृत्व तथा संस्थागत विकास गर्न शुक्लाफाँटा नगरपालिकाले यहि फाल्गुन २ गते देखि ६ गते सम्म संचालन गरेको ५ दिने नेतृत्व तथा संस्थागत विकास तालिमको आईतबार समापन गरिएको छ । उक्त समापन कार्यक्रमका सभापति शुक्लाफाँटा नगरपालिकाका प्रसासकिय अधिकृत  शेर बहादुर बुढा रहेका थिए । 
     
       कार्यक्रमामा सहभागि महिला बिस्ना भट्टले स्वागर मन्तव्य राखेका थिए भने कार्यक्रममा सहभागी अर्कि महिला लक्ष्मी पन्तले आफ्नो मन्तव्य दिदै अब यो तालिम पश्चात महिलाहरु सम्बन्धीका सम्पूर्ण आर्थिक कृयाकलाप महिला विकास बाटै हुनु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका अधिकृत शेर बहादुर बुढाले महिलाहरुले आफै अग्रसर भएर अब गाँउघरमा हुने विभिन्न विकास निर्माणका कार्यक्रममा सहभागी हुुनु पर्ने बताए ।   
 
  कार्यक्रममा शुक्लाफाँटाका नगरपालिका भरि रहेका सहकारीका महिला सदस्य तथा पिछडिएका महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन सहभागि मध्ये एक जना महिला मेनुका सिंहले गरेका थिए ।
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु