कञ्चनपुरमा पनि राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाइयो

कञ्चनपुर २७, पुस
टेक राज पन्त
                
            आज कञ्चनपुरमा पनि राष्ट्रिय एकता दिवस र बडा महाराज श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा युवाहरु राम्रो भन्दा नि गलत कुराहरुमा बढी सक्रिय देखिए पछि फेसबुक पेजबाटनै केहि गर्नु पर्छ भन्ने उदेश्य बोकेको युथभ्वाइस ग्रुपले आज मेन्द्रनगरको गड्डाचौकिबाट झलारी सम्म सान्तीपुर्ण मोटरसाइकल ¥याली निकालेको छ । 
 
राष्ट्रिय एकता दिवस देशका सम्पुर्ण जनताहरुलाई जोड्ने दिन भएको तर विगत केहि वर्ष यता यस्ता यस्तै दिवसहरुको अस्तित्व घट्दै गएको देखिएकाले पनि यस्को अस्तित्व जोगाउनलाई भएनि केहि गर्नु पर्छ भन्ने उदेश्यले ¥याली निकालिएको ग्रुपका अध्यक्ष सुनिल बाृहराले बताएका छन । समाजमा गढेर रहेका कुरिति कु संस्कृतिको अन्त गर्दै एउटा सुन्दर र सभ्य समाज बनाउनमा पनि ग्रुपले जोड दिएको छ । अहिले सम्म ग्रुपले अनाथालयमा सहयोग, वृद्धाश्रममा सहयोग, वृक्षारोपण, ब्लड डोनेसन जस्ता सामाजिक कार्यहरु गरेको र अब आउने दिनहरुमा पनि गरिरहने ग्रुपका सल्लाहकार प्रदिप पालले बताउनु भएको छ । त्यसै गरि बर्षातका बेला मधेसमा आएको बाढीबाट पिडित भएकाकोलागि धेरै सामनहरु जुटाएर सहयोग गरेको, पछिल्लो समय चिकित्सा क्षेत्रमा भैराखेको माफिया बिरुद्ध अनसनमा बसि राख्नु भएका डा. गोबिन्द के.सि. का माग ३ करोड जनताको हितका लागि भएकाले डा. के.सि. को समर्थनमा सरसफाइ कार्यक्रम र दिप प्रज्वलन कार्यक्रम गर्दै आएको र महेन्द्रनगरलाई क्लिन सिटि ग्रिन सिटि बनाउने उदेश्यले पटक पटक ग्रुपका युवा सदस्य एकजुट भई  महेन्द्रनगर बजारमा सरसफाई अभियानको  कार्य समेत गरिराखेको पालले बताउनु भयो । 
 
       म हैन हामी भन्ने भावनालाई उजागर  गर्नु पर्छ, भन्ने उदेश्य लिएको ग्रुप युथभ्वाइसले झलारीमा ¥याली सम्पन्न गरि कञ्चनपुरको मदन चोकमा दिप प्रज्वलन गरि आजको र्कायक्रम सम्पन्न गरेको हो ।
 

Tuning

onair

On Air
Hit mix songs

onair

Coming up..
prabhu News raftaar

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु