याक नेपाल सस्था कैलालीद्धारा अति विपन्न भुमीहिन सुकम्बासी परिवारलाई कम्बल र न्यानो कपडा बितरण

कञ्चनपुर २७, पुस
टेक राज पन्त
  
       शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ सिगासटोल बनहरामा बस्दै आएका अति विपन्न भुमीहिन सुकम्बासी १० परिवारलाई  बिहिबार शुक्लाफटा नगरपालिकाको सहयोगमा याक नेपाल सस्था कैलालीले प्रत्येक परिवारलाई एक एक थान कम्बल, दुइ दुइ थान टाउजर, तिन तिन थान टोपी र एक एक थान जाकेट न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा सभापति भुमी अधिकार मञ्च कञ्चनपुरका अध्यक्ष कर्ण बानिया, प्रमुख अथिति शुक्लाफटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर, विषिस्ट अथिति वडा नम्बर ११ का वडा अध्यक्ष दिल बहादुर बुढा र कृष्ण सामुदायिक वनका अध्यक्ष करन सिंह ऐर रहनु भएको थियो ।
              कार्यक्रममा कञ्चनपुर जिल्ला खाद्य अधिकार मञ्चका संयोजक कामल निरञ्जन भाट, समाजसेवि टेक बहादुर भण्डारी लगायत स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुकम्बासी परिवारले नगर प्रमुखलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका छन साथै मौखिक रुपमा पनि आफ्ना बालबालिकाहरुलाई स्कुल जाने व्यवस्था गर्नु पर्ने, विजुलिको व्यवस्था गरानु पर्ने, नदिमा तटबन्ध निर्माणको कार्य गर्नु पर्ने माग राखेका छन । ज्ञापनपत्र बुझ्दै नगरप्रमुखले पनि नगरपालिकाबाट हुने सहयोग गर्ने प्रतिबधता जनाएका छन ।
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु