श्री खप्तड इङ्गलिस बोर्डिङ स्कुलको १८ औँ वार्षिकोत्सव सम्पन्न

कञ्चनपुर २७, पुस 
टेक राज पन्त
 
      शुक्लाफाटा नगरपालिका वडा नम्बर ६ कस्रौलमा रहेको श्री खप्तड इङ्गलिस बोर्डिङ स्कुलले बिहिबार आफ्नो १८ औँ  वार्षिकोत्सव समारोह विभिन्न साँस्कृतिक कार्यक्रम गरि सम्पन्न गरेको छ । कार्यक्रममा सभापति सोहि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान सिंह साउद रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि शुक्लाफटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर रहेका थिए, भने कार्यक्रममा विषिस्ट अथिति वडा नम्बर ६ का वडा अध्यक्ष जगता राना, वडा नम्ब्र ७ का वडा अध्यक्ष  जगत बहादुर सिंह र वडा नम्बर १० का वडा अध्यक्ष लाल बहादुर ऐर  रहेका  थिए । 
 
             कार्यक्रम विभिन्न विधामा भाग लिइ उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि,समाजसेवि र पत्रकारको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यालयको वार्षीक आर्थीक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक नव उपाध्यायले गरेका थिए भने कार्यक्रम संचालन नरेन्द्र भट्ट र दिया जोशीले गरेका हुन ।

Tuning

onair

On Air

onair

Coming up..
Prabhu News

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु