मृगौला पिडितहरुलाई क्लबद्धारा आर्थिक सहयोग प्रदान

कञ्चनपुर २३
टेक राज पन्त  
                 
          नवयुवा जागरण क्लब शुक्लाफाटा नगरपालिका ८ पारिफाटाले मृगौला पिडितका निवेदकहरुलार्ई आफ्नो क्षमता अनुरुप आर्थिक सहयोग प्रदान गरेको छ । सहयोग पाउनेमा बुगंल नगरपालिका १ दहबगर गाँउ स्थायी ठेगाना भएका हाल वीर अस्पताल काठमाडौँमा उपचार गराइ रहनु भएका धन बहादुर बोहरा र शुक्लाफाटा नगरपालिका ८ स्थायी ठेगाना भएका ५२ वर्षिय फागुन सिंह ठगुन्ना रहेका छन । ठगुन्नाको पनि दुवै मृगौला फेल भएको छ उनि आर्थिक अभावका कारण विर अस्पतालबाट घर फर्कि सेति अञ्चल अस्पताल कैलालीमा डाइलेसिस गराइ रहेका छन ।
         
          बोहरा अस्पतालमा भर्ना भएका अवस्थामा  उनका बुवा आर्थिक सहयोग संकलनमा लागेका छन । सहयोग संकलनकै क्रममा आफै उपस्थित भइ आग्रह गरेकोले क्लबका तर्फबाट एक हजार, क्लबका अध्यक्षका तर्फबाट पाँच सय, उपाध्यक्षको तर्फबाट सय र अर्का स्थानियबाट पाँच सय गरि नगत रु एक्काइस सय बोहराका बुवालाई हस्तान्तरण गरिएको छ । त्यसै गरि ठगुन्नालाई क्लबका तर्फबाट एक हजार र बाँकि संकलित तिन हजार गरि जम्मा रु चार  हजार उपलब्ध गराइएको क्लबका अध्यक्ष विर बहादुर बोहराले जानकारी दिनुभयो ।
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु