झलारीपिपलाडि उद्योग वाणिज्य संघको तेश्रो वार्षीक साधारण सभा सम्पन्न

टेक राज पन्त
 झलारी, पुस १६
   
   कञ्चनपुरको शुक्लाफाँटानगरपालिका १० झलारीमा रहेको झलारीपिपलाडि उद्योग वाणिज्य संघले आइतबार आफ्नो तेश्रो वार्षीक साधारण सभा सम्पन्न गरेको छ । एक कार्यक्रमका बिच सम्पन्न गरिएको वार्षीक साधारण सभामा सस्थाका अध्यक्ष हरेन्द्र कुमार भन्डारीको सभापतित्व रहेको थियो भने शुक्लाफाँटानगरपालिका नगर उपप्रमुख तुलसी देवी हमाल प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरि उद्योग वाणिज्य संघ कञ्चनपुरका पूर्व अध्यक्ष माधव भट्ट विशिष्ट अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । सस्थाका सदस्य, कर्मचारी, व्यापार व्यवसायि, सम्बन्धित व्यक्ती, पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रममा सोहि सस्थाका वस्तुगत उपाध्यक्ष धिरेन्द्र साउदले स्वागत मन्तव्य राख्नु भएको थियो । 
 
    हाल सम्म झलारीपिपलाडि उद्योग वाणिज्य संघमा ६ जना आजिवन सदस्य र ६०७ जना साधारण सदस्य रहेका छन । कार्यक्रममा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति हरेन्द्र कुमार भन्डारीले वार्षीक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
 
      कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका उद्योग वाणिज्य संघ कञ्चनपुरका पूर्व अध्यक्ष भट्टले झलारीपिपलाडि उद्योग वाणिज्य संघलाई प्रादेशिक उद्योग वाणिज्य संघमा दर्ता गराउन आहवान गर्नुभयो साथै सकारात्मक कार्यक्रमकालागि कञ्चनपुर उद्योग वाणिज्य संघ सहयोगकालागि सधै तत्पर रहने बताउनु भयो । प्रमुख अतिथि शुक्लाफाँटानगरपालिका नगर उपप्रमुख हमालले शुक्लाफाँटानगरपालिका भित्र रहेका सम्पुर्ण व्यापार व्यवसायहरु नगरपालिकामा दर्ता गराउन उद्योग वाणिज्य संघ झलारीपिपलाडिलाई अनुरोध गर्नु भयो । उद्योग वाणिज्य संघलाई राजनिति गर्ने अखेडा नबनाइकन व्यापारिहरुको हितमा काम गर्ने सस्था बनाउनु पर्नेमा जोड दिदै सकारात्मक कामकालागि नगरपालिका सदैव सहयोग समेत गर्ने उहाँले बताउनु भयो । कार्यक्रम सञ्चालन झलारीपिपलाडि उद्योग वाणिज्य संघका कार्य समिति सदस्य जय बहादुर ऐरले गर्नुभएको थियो ।
 
 
 

Tuning

onair

On Air

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु