विद्युत भोल्टेजमा कमी आउँदा शुक्लाफाँटा नगरपालीका शान्ती टोलका स्थानी बासी आक्रोशीत

भोजराज पन्त ,झलारी , ७ असार 
आवस्कता भन्दा कम विधुत वितरण भएको भन्दै शुक्लाफाँटा नगरपालीका वनसमीती शान्ती टोलका स्थानी बासी आक्रोशीत भएका छन् । केही दिन यता शक्लाफाँटा नगरपालीकामा विधुत भोल्टेजमा कमी आएको छ । भोल्टेजमा कमी आएपछी सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विद्युत भोल्टेज कमीका कारण विधुतीय उपकरणहरु समेत चलीरहेका छैनन् । वनसमीती चौराहमा रहेको४५केभी को टा्रन्सफर्मरले वनसमीतीको विधुत क्षमता पुरा नभएकाले ट्रान्सफर्मरको क्षमता बडाइ थ्रि फेजको विधुत लाइन तानिनु प्रने स्थानिय सावु केशी ले बताए । पावर कम भएको निवेदन झलारी स्थीत फिउज साखालाइ वुझाउन खोज्दा समेत नवुझेको बताएका छन  विधुत महसुल झलारीमा वुझाउनु पर्ने र केही समस्या आए जिल्ला जानु पर्ने गिता उपाध्यायले गुनासो गरीन् । तर फिउज साखा प्रमुख जितेन्द्र यादवले आफु कहाँ  निवेद ल्यायर कोही नआएको र भेल्टेजको समस्या वनसमीतीमा मात्र नभई सिगो कञ्चनपुरमा रहेको बताएका छन, टनकपुर प्रशारण लाइनबाटै भोल्टेज कमी भएको र उताको  प्रशारण लाइन मर्मत भए वनसमीती चौराहमा रहेको ४५ केभी को टा्रन्सफर्मरले नै समस्या समाधान हुने वताउनु भयो  । विधुतको समस्या तुरुन्त समधान नभए अफुलगाएत शान्ती टोलका स्थानी बासी १४ गते हुन लागेको स्थानीय तहको चुनावमा समेत भाग नलीने साबु केशीले बताउनु भयो ।
 
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु