गोरुले हान्दा बैतडीमा एक बालिकाको मृत्यु

बैतडी,१० वैशाख 
 
गोरुले हान्दा बैतडीमा आईतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ६ का अमर कुवँरकी ९ बर्षीया छोरी जानकी कुवँर रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घरनजिकै गोरु चराईरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाईते भएकी जानकीलाई उपचारका लागी अस्पताल लैजादै गर्दा आईतबार दिउँसो बाटोमै मृत्यु भएको हो । मृतक बालिका स्थानिय केदार प्राबिमा कक्षा ५ मा अध्ययनरत रहेकी थिईन । बालिकालाई शनिवार गोरुले हानेको भएपनि घरमै झारफुक गरेपछी निको नभएपछी आईतवार मात्रै उपचारका लागी अस्पताल लगेको बताईएको छ । शव परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ । विनोद सिंह विष्ट÷ रासस
 

 

Tuning

onair

On Air

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु