शुक्लाफाटा नगरपालिका वडा नं ८ मा बन हेरालाहरुको क्षमता अभिवृदि सम्बन्धि तालिम सम्मपन्न

टेकराज पन्त,
झलारी,१० कञ्चनपुर, बैशाख ०९,
शुक्लाफाटा नगरपालिका वडा नं ८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा सन्चालित वन हेरालाहरुको क्षमता अभिवृदि सम्बन्धि ३ दिने विशेष तालिम हिजो सम्मपन्न भएको छ । बैशाख ६ गते औपचारिक रुपमा उद्घाटन भएको विशेष तालिममा शुक्लाफाटा नगरपालिका क्षेत्रका बैजनाथ सामुदायिक वन, भगवति सामुदायिक वन, सुनदेवि महिला सामुदायिक वन, विन्द्रावन सामुदायिक वन, श्रीकृष्ण सामुदायिक वन, कालिका सामुदायिक वन, कृष्णपुर नगरपालिका १ साविकको दोमिल्ला तथा हालको दिपनगरको ऐस्वर्य सामुदायिक वनका साथै शुक्लाफाटा नगरपालिका वडा नं ८ पारिफाटामा अवस्थित नवयुवा जागरण क्लब र श्रृजनसील युवा क्लबका नदि हेरालाहरु सहित १२ जना सहभागिहरुको सकृय सहभागिता रहेको थियो । तालिम अवधिभर वन अपराध तथा सजाय, वन अपराध अनुसन्धान, वन एन विधान कार्य योजना,लोपोन्मुख प्रजातिहरुको सँरक्षण तथा वन सुरक्षासँग सम्बन्धित महत्वपुर्ण विषयहरुमा तालिम दिइएको बैजनाथ सामुदायिक वनका अध्यक्ष तथा तालिमका सभापति बहादुर सिहँ महराले जानकारी दिनु भयो ।     
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु