• संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको

• संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको मधेसी जनअधिकार फोरम नेपालसहितका
•साना दुई दललाई फिर्ता गराउन प्रमुख तीन दल अन्तिम चरणमा पुगेका छन् ।
•स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय
•लोकतान्त्रिक मोर्चासँग भएका अनौपचारिक वार्तापछि उनीहरू संविधानसभामा फिर्ता हुन
•तयार भएका हुन् ।
•तर गच्छदारको मोर्चाले संविधानसभामा फिर्ता हुने वा नहुने औपचारिक रुपमा केही
•जनाएको छैन ।
•फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी भने थारुका माग पूरा नभएसम्म
•संविधानसभामा फिर्ता हुने विषयमा आफूहरु तयार नहुने बताउनुहुन्छ ।
•गच्छदारलाई फिर्ता ल्याउन एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका
•अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक अनौपचारिक
•कुराकानी गरिसक्नुभएको छ ।
•गच्छदारले आफ्नो नेतृत्वमा शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र
•राजकिशोर यादवको फोरम गणतान्त्रिकलाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चा
•बनाउनुभएको छ ।
 

 

Tuning

onair

On Air
Prabhu News

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु