महाकाली अञ्चलयातायात कार्यालयमा तोडफोड

कञ्चनपुर समाचार असोज ९ – महाकाली अञ्चलयातायात कार्यालयमा तोडफोड भएको छ । लामो समयपछि खोलिएको चालक अनुमतिपत्र लाइसेन्सका लागि खोलिएकोे आवेदनको मिति सारिएको भन्दै सेवाग्राहीले अञ्चलयातायात कार्यालयमा तोडफोड गरेका हुन । कार्यालयले दुईपांग्रे र चारपांग्रेको लाइसेन्सका लागि असोज ९ गतेदेखि १२ गतेसम्म मोटरसाइकलर १३ र १४ गते स्कुटरका लागिआवेदन खुल्ला गरेको थियो । तर, शुक्रबारको मिति राखेर शनिवार सूचना निकालेर कार्यालयले आवेदनको समय परिर्वतन गरेपछि आक्रोशित भएका सेवाग्राहीले कार्यालय प्रमुखको कार्यकक्ष तथा लाइसेन्स फाँट र लेखाफाँटमा तोडफोड गरेका छन् । यातायात कार्यालयले लामो समयपछि चालक अनुमति पत्रका आवेदन खोलेकोमा विविध कारण देखाउदै आवेदनको समय सारेकाले विरोध स्वरुप कार्यालयमा तोडफोड भएको सेवाग्राही दीप भट्टले बताउनुभयो । आक्रोशित भएका सेवाग्राहीले कार्यालयमा तोडफोड गरी कार्यालय प्रमुख खेमराज चौधरी माथि हातपात गर्न खोजेपछि कार्यालय प्रमुखलाई प्रशासन कार्यालयमा लगेर सर्वपक्षिय छलफलगरिएको छ । छलफलमा मोटरसाइकलका लागि असोज ९ गतेदेखि नै १८ गतेसम्म र स्कुटरका लागि १९ गतेदेखि २१ गतेसम्म चालक अनुमतिपत्रको आवेदन बुझाउन सकिने सहमती भएको अञ्चलकार्यालयले जनाएको छ ।
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु