असोज १ गते देखि कञ्चनपुर सहित सुदुरपश्चिमका विभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालन हुन

कञ्चनपुर समाचार भदौ २८ – असोज १ गते देखि कञ्चनपुर सहित सुदुरपश्चिमका विभिन्न स्थानमा सुपथ मुल्यका पसल सञ्चालन हुने भएका छन । दशैंतिहारलाई लक्षित गर्दै सरकारले सुपथ मूल्यका पसल सञ्चालनको तयारी गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले सुदुर– पश्चिमका ६ स्थानमा सुपथ मुल्य पसल संचालनको तयारी भएको जनाएको छ । कर्पोरेसनका अनुसार यस वर्ष कञ्चनपुरको महेन्द्रनगरमा, कैलालीको धनगढी, टिकापुर, डडेल्धुराको तुफानडाँडा, बैतडीको गोठालापानीमा, डोटीको दिपायलमा सुपथ मुल्यका पसल सञ्चालनमा आउने भएका हुन । बजारमा प्रतिकिलो ९० रुपैयाँ पर्ने चिनी सुपथ मुल्यका पसलमा ७९ रुपैयाँमा पाईने छ भने प्रति किलो २० रुपैयाँ बजार मुल्य रहेको नून १६ रुपैयाँमा पाईनेछ । नेपालीहरुका महान चाड दशै–तिहार र छठलाई लक्ष्यित गदै असोज १ गते देखि कार्तिक २१ गतेसम्म सुपथ मुल्य पसल सञ्चालन गरिने भएको हो । बजारमा पाईने गरेको नुन तथा चिनी चोरी पैठारी गरी ल्याईएको हँुदा गुणस्तरीय नहुने भएकाले पनि सुथप मुल्य पसलमा आउन उपभोक्तालाई आग्रह गरिएको छ 
 

Tuning

onair

On Air

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु