झलारीपिपाडि नगरपालिकाको आवधिक पूर्व योजना तर्जुमा कार्यशाला गोष्ठी कार्यक्रम २०७३ आज समपन्न

कञ्चनपुर समाचार भदौ २७ – झलारीपिपाडि नगरपालिकाको आवधिक पूर्व योजना तर्जुमा कार्यशाला गोष्ठी कार्यक्रम २०७३ आज झलारीमा समपन्न भएको छ । कार्यक्रम  झलारीपिपलाडि नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीको सभापतित्वमा सञ्चालन भएको थियो ,कार्यक्रमको शुरुवात झलारी पिपलाडि नगरपालिकाका कार्यक्रम अधिकृत शन्तोष भट्को मनतव्यबाट भएको थियो, कार्यक्रममा झलारी पिपलाडि नगरपालिकाको ११ वटै वडाका राजनितिक दलका प्रतिनिधिहरुको उपस्थीतिका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, समाज सेवी पत्रकारहरुको सहभागिता रहेको थियो, कार्यक्रमको सहजीकरण परामर्शदाता डाक्टर केदार दाहालले गर्नु भएको थियो । कार्यक्रममा सहज कर्ता दाहालले पुरानो अवस्थाबाट नगरपालिकालाई कसरी नया योजनाका साथ अगाडि बढाउने, नगरपालिकाको दिर्घकालिन सोच,  लक्ष्य, उद्देश्य, रणनितिहरु तयार गर्ने, विषयगत लक्ष्य, उद्देश्य, रणनिति, नतिजाका आधारमा, क्षेत्रगत योजना, भौतिक सामाजिक ,आर्थिक, वातावरणिय, संस्थागत, पर्यटन तथा जलवायु परिवर्तन तथा प्रकोप न्युनिकरण विकास योजना तर्जुमा समबन्धी  कुराहरुमा प्रकाश पार्न‘का साथै अन्य कार्यक्रममा सहभागि प्रतिनिधिहरुसंग छलफल गर्नु भएको थियो, उक्त कार्यक्रमको  सञ्चालन नगरपालिकाका लेखापाल गजेन्द्र जोशीले गर्नु भएको थियो ।
 

Tuning

onair

On Air

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु