झलारी बजारमा आज देखि तीन दिने देउडा प्रतियोगिता सुरु

कञ्चनपुर समाचार भदौ २५ –कञ्चनपुरको झलारी बजारमा शनिबारदेखि तीन दिने देउडा प्रतियोगिता सुरु भएको छ । झलारीपिपलाडी उद्योग वाणिज्य संघकद्धारा आयोजित प्रतियोगितामा महिला तथा पुरुष गरी आठ वटा टिमको सहभागीता रहेको झलारीपिपलाडी उद्योग बाणिज्य संघका सदस्य तथा प्रतियोगिता संयोजक दिपकराज भट्टले जानकारी दिनुभयो ।संयोजक भट्टले सुदूरपश्चिमको प्रख्यात देउडाको संरक्षण एवं सम्र्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता उद्घाटन समारोहमा सुदूरपश्चिमका लोक देउडा गायक भोजराज भट्ट, नवीन सिंह धामी, लालबहादुर धामी, हेमा जोशी, डम्बर खड्का लगायतका कलाकारहरुको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्ने देउडियालाई पुरस्कृत गरिनेछ । व्यवसायिक हक,हितका निम्ती सन्देशमुलक देउडा प्रतियोगितामा ८ ओट टिमको सहभागीता रहेको छ । कार्यक्रका प्रमुख अतिथी चर्चित लोक तथा दोहरी गायक भोजराज भट्टले कला संस्कृति जोगिएमात्र नेपालीको पहिचान रहने भएकोले कला संस्कृतिलाई जोगाउन सबैले आ(आफ्नो क्षेत्रवाट लाग्नु पर्नेमा जोड दिनुभयो साथै उहाले आफ्ना चर्चित देउडा गित गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थिए । झलारीपिपलाडी उद्योग वाण्ज्यि संघका अध्यक्ष हरेन्द्र कुमार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा झलारी पिपलाडी नगर पालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थी, नेपाली काग्रेसका पार्टी प्रतिनिधी भवानी भट्ट,नेकपा एमालेका देव दत्त भट्ट र नेकपा माओवादी केन्द्रका लोकेन्द्र ऐरी विशिष्ट अतिथी रहनु भएको थियो । अतिथीहरुलाई स्वागत कार्यक्रम संयोजक दिपक राज भट्टले गर्नु भएको थियो । भने कार्यक्रमको संचालन हरीभान सावदले गर्नु भएको थियो । प्रतियोगितामा विजयी समूहलाई क्रमशः १५ हजार, १० हजार एक, पाँच हजार रुपैयाँ नगद र सम्मानसहित पुरस्कृत गरिने ओजकले जानकारी दिएको छ ।
 

Tuning

onair

On Air

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु