दोधाराचाँदनी–१०, कुतीयाकवरमा घटेको घटना प्रति राष्ट्रिय जनमोर्चा पार्टीको गम्भीर ध्यानाकर्षण

कञ्चनपुर समाचार भदौ २५ – केहि दिन अघि कञ्चनपुर जिल्लाको दोधाराचाँदनी–१०, कुतीयाकवरमा घटेको घटना प्रति राष्ट्रिय जनमोर्चा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा एक जना नेपाली महिला माथी भारतीय नागरिक शरद रायले अभद्र व्यवहार गरेका थिए । सो घटनाको छानवीन गरी दोषी माथी सक्त कार्वाह गर्न स्थानीय प्रशासन संग राष्ट्रिय जनमोर्चा पार्टिले माग गरेको छ । यसै घटनालाई लिएर २०७३ भाद्र २३ गते राती भारतीय नागरिकहरुले स्थानीय नेपालीहरुको घर घेरा हाली  तुल बहादुर सुनारको घरमा भारतीय गुण्डा सरद रायका दाजु भाई कमल राय, मनिया राय, कनक राय, लगायत १५÷२० जनाको जत्थाले तोडफोड गर्नका साथै भारतीय गुण्डाहरुको आक्रमणबाट ४० वर्षिय तुल बहादुर सुनारको टाउँकोमा गम्भीर चोट लागेको एवं गिता सुनारको वायाँ हात भाच्चिएको नावालक मदन सुनारलाई गम्भीर चोट लागेको र तुल बहादुर सुनारको नेपालमा उपचार ह’न नसकेर अहिले भारत रिफर गरिएको छ । भारतीय नागरिकले नेपाल प्रवेश गरेर नेपाली जनतालाई निर्घात रुपमा कुटि राख्दा पनि स्थानीय प्रसाशन मुख दर्शक भएर बसेको प्रति जनमोर्चाले आपत्ति जनाएको छ र घटनामा घाईते भएकाहरुको प्रशासनले उपचार गराउनु पर्ने जनमोर्चा पार्टीले माग गरेको छ । 
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु