फुलेली खोलामा आज बिहान ५५ बर्षे प्रताप बोहोरा कुटपिटबाट घाईते अवस्थामा फेला

कञ्चनपुर समाचार भदौ २३ – झलारी पिपलाडी नगरपालिका फुलेली खोलामा आज बिहान फुलेली एैलानी निवासी करीब ५५ बर्षे प्रताप बोहोरा कुटपिटबाट घाईते अवस्थामा फेला परेका छन । हिजो दिंसो घरबाट दशैको लागी खसी,बोका किन्न भनि साथमा नगद रु ९० हजार बोकी  छिमेकी करिब ४० वर्षे रतन जाग्री संगै उनि घरबाट निस्केको र राति दूबै जनाले मदिरा सेवन गरी झैझगडा गरेको पाइएको छ ,यस्तैमा रतन जाग्रीको कुटाईबाट उनि सिकिस्त घाईते भएर आज बिहान अचेत अवस्थामा खोलामा फेला परेको स्थानियले जनाएका छन । त्यस पश्चात उनलाई उपचारको लागी झलारीको न्यु झलारी क्लििनिकमा भर्ना गरीएको थियो तर यहां उनको उपचार सम्भव नभए पछि उनलाई थप उपचारका लागी भारतको खटीमा रिफर गरीएको छ । उनलाई कुटपिट गरी घाईते बनाउने रतन जाग्रीलाई भने इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

Tuning

onair

On Air

onair

Coming up..
Prabhu News

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु