आज विभिन्न कार्यक्रम गरी ३७ औँ राष्ट्रिय शिक्षा दिवस कञ्चनपुरमा पनि मनाईंदै

कञ्चनपुर समाचार भदौ २३ –‘समृद्ध राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी ३७ औं शिक्षा दिवस मनाईंदैछ । तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको सम्झनामा वि।सं। २०३१ सालदेखि फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापना भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन पारेर मनाउन थालिएको हो ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आठ सेप्टेम्बरलाई अन्तर्रा्ष्ट्रिय साक्षरता मनाउँदै आएको छ । नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।

Tuning

onair

On Air
Hit mix songs

onair

Coming up..
prabhu News raftaar

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु