अन्तत: संविधान सुनिश्चित

अन्तत: संविधान सुनिश्चित

रेडियो प्रभु एफ.एम १०२.६ मेगाहर्ज झलारी

२८ भदौ ।  संविधानसभामा नयाँ संविधान निर्माणको अन्तिम प्रक्रिया सुरु भएको छ । आइतबार संविधानको धारा १, २ र ३ पारित गरिएको छ । संविधानसभाको बैठक आइतबार दुईपटक बस्यो । पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरेपछि संविधानको परिमार्जित विधेयकमाथिको दफावार छलफल सकिएको थियो । दोस्रो बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यस क्रममा तीनवटा धारा नयाँ संविधानको अंग बनेका छन् । संशोधन नपरेका संविधानका धारा १ र धारा २ सर्वसम्मतिले पारित भए । धारा ३ मा भने सभासद्हरू रामकुमार राई, विश्वेन्द्र पासवान, अनुराधा थापामगर र प्रमुख तीन दलको संयुक्त संशोधन परेको थियो । चिनकाजी श्रेष्ठ, अग्नि खरेल र गिरिराजमणि पोखरेलले राखेको संयुक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको छ । अन्य संशोधन प्रस्ताव भने अस्वीकृत भएका छन् । 

Tuning

onair

On Air

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु