द्वन्दको क्रममा मानसिक पिडा बढी भएको डोटीका महिलाहरुको भनाइ ।।

द्वन्दको क्रममा मानसिक पिडा बढी भएको डोटीका महिलाहरुको भनाइ ।।
 
१० वर्षे शसस्त्र द्वन्द्वको समयमा डोटीका द्वन्द्व प्रभावित क्षेत्रका महिलाहरुले सबैभन्दा बढि मानसिक रुपमा पिडा भएको बताएका छन् । जिल्लाका द्वन्द्व प्रभावित ५ गाविसका महिलाहरुमा गरिएको एक सर्वेक्षणको क्रममा यस्तो रहस्य बाहिर आएको हो । द्वन्द्वप्रभावित गाविसका ७२ जना महिलाहरुमा गरिएको सर्वेक्षणमा ६७ जनाले सबैभन्दा बढी मानसिक पिडा भएको बताएका छन् । यस्तै द्वन्द्व प्रभावित गाविस मध्ये लक्ष्मीनगर गाविसमा सबैभन्दा बढी बेरोगार रहेको पाइएकोे छ । युएन ओमेनको सहयोगमा स्थानिय गैरसरकारी संस्था सृजनशिल विकास समाजले डोटीका द्वन्द्व प्रभावित सानागाउँ, काणामाण्डौं, लक्ष्मीनगर, घाङल र बर्छेन गाविसमा सर्वेक्षण गरेको थियो ।
 
घोडाघोडी महोत्सवको तयारी पुरा, राजेश र निखिलको फाइट हुने ।।
 
कैलालीको सुख्खडमा यही पौष ३० देखी माघ ३ गते सम्म हुन गइरहेको घोडाघोडी सांगितिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कैलालीको सुख्खडमा प्रसारणमा आएको रेडियो प्रतिक १०६ मेगाहर्जले आफनो प्रसारणको अवसर पारेर आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा रहेको एफ एमका प्रवन्ध निर्देशक प्रकाश मिश्रले जानकारी दिनु भएको छ । चार दिन सम्म चल्ने महोत्सवमा महानायक राजेश हमाल, एक्सन नायक निखिल उप्रेती, कमेडी नायक जयकिशन वस्नेत, चर्चित नायिक अशिष्मा नकर्मी, हास्य कलाकार ज्योति काफ्ले नक्कली बाबुराम, चर्चित गायक टंक वुढाथोकी लगायतका कलाकार को प्रस्तुति रहने छ । साथै महोत्सवमा गायक अर्जुन कौसल लोक तथा दोहोरी गाएक गोपाल नेपाल जिएम, हेमराज थापा, राजेन्द्र विष्ट, टंक तिमिल्सेना, गायिका अनु ढकाल, डान्स इण्डिया डान्सकी रेनु तामाङ लगायतका कलाकार पनि आउने प्रवन्ध निर्देशक मिश्रले वताउनु भयो । महोत्सवमा स्थानिय सस्कृति झल्कने झांकी, परिकारहरु समेत पाइने छ । साथै महोत्सवले स्थानिय घोडाघोडी क्षेत्रलाइ सवै सामु चिनाउन पनि महत्वपुर्ण भुमिका खेल्ने आयोजकले जनाएको छ 

Tuning

onair

On Air
Prabhu News

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु