विदेशमा नेपाली विद्यार्थीको महत्वपूर्ण अनुसन्धान

विदेशमा नेपाली विद्यार्थीको महत्वपूर्ण अनुसन्धान

बेल्जियम, पुस २ - बेल्जियममा  अध्ययनरत एक नेपाली विद्यार्थीले आमाबाट बच्चामा सर्ने रोगबाट बच्ने उपायका बारेमा अनुसन्धान गरेका छन् । बेल्जियमको गेन्ट विश्वविद्यालयबाट चिकित्सा विज्ञानमा विद्यावारिधी गरेका नेपाली विद्यार्थी डा. जितेश न्यौपानेले आमाबाट बच्चामा सर्ने वंशाणुगत रोगबाट बच्ने उपायका बारेमा अनुसन्धान गर्नु भएको हो । त्यसमा सफलता मिलेको जितेशले बताउनुभयो ।सिद्धान्ततः भु्रणबाट बनेका स्टेम कोषले हाम्रो शरीरको कुनै पनि तन्तु निर्माण गर्ने क्षमता राख्दछ । तसर्थ शरीरको कुनै पनि अंगमा रोग लागेर काम नलाग्ने भएमा अथवा क्षति पुगेमा स्टेम कोषले पुनर्निर्माण प्रक्रियामा मद्दत गर्दछ । जसलाई पुनर्जनन् चिकित्सकीय प्रणाली भनिन्छ । यही विषयमा अनुशन्धान गर्नुभएकी घिमिरेले नेपाल फर्केर ज्ञान बाँड्ने योजना बनाउनुभएको छ । न्यौपाने र घिमिरेले विदेशमा सिकेको कुरा नेपालमा बाँड्न चाहेका छन् । त्यसका लागि आफूहरुलाई राम्रो अवसरको खाँचो रहेको उनीहरुको भनाई छ ।

Tuning

onair

On Air
Prabhu News

onair

Coming up..
Subha sandesh

space for add

ग्यालरी

भिडियोहरु