लिटल एन्जल्स स्कुलको बसमा आगजनी

रेडियो प्रभु एफ.एम १०२.६ मेगाहर्ज झलारी

भदौ २८  । नवलपरासीको परासीमा आन्दोलनकारीले लिटल एन्जल्स उच्च माध्यमिक विद्यालयको बसमा आगजनी गरेका छन् ।

आइतबार राति एक बजे परासीको लिटल एन्जल्स स्कुलको  लु १ क ९५६ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मध्य रातमा बसमा लागाइएको आगोका कारण बस पूर्ण रुपमा जलेको छ ।  लामो समयसम्म बन्द विद्यालय आन्दोलनकारीसँगको सहमतिमा सञ्चालनमा ल्याइएको भए पनि आन्दोलनकारीको समूहले स्कुलमा बसमा आगजनी गरेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार दुई जनाको समूहमा रहेका मानिसले मध्य रातमा रामग्राम नगरपालिका चारमा बस जलाएका हुन् ।

 

Tuning

onair

On Air
Hit mix songs

onair

Coming up..
prabhu News raftaar

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु