च्याम्पियन्स लिगमा रोनाल्डोको ह्याट्रिक, मेस्सी पछाडी परे

३० भदौ । फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको सिजनको पहिलो खेलमा ह्याट्रिक हानेका छन् ।

रोनाल्डोको ह्याट्रिकमा मंगलबार रातिको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले शाख्तर डोनेस्कलाई ४–० गोल अन्तरले पराजित गरेको छ । खेलमा रोनाल्डो एक्लैले तीन गोल गरेर ह्याट्रिक गरेका हुन् ।

खेलको ३० औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको रियल मड्रिडका लागि दोस्रो हाफमा रोनाल्डोले ३ गोल हाने । ५५ औं मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले पहिलो गोल गरेका थिए । ६३ औं मिनेटमा पनि पेनाल्टीबाटै रोनाल्डोले अर्काे गोल गरे । त्यसपछि खेलको ८१ औं मिनेटमा तेस्रो गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे ।

यससँगै उनले च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा बार्सिलोनाका लिओनल मेस्सीलाई पछाडी पारेका छन् । रोनाल्डोको ८० गोल भएको छ भने मेस्सीले ७७ गोल गरेका छन् ।

 

Tuning

onair

On Air

onair

Coming up..
Prabhu News

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु