पोर्न भिडियो हेर्नेलाई खतरनाक रोग लाग्ने !

एजेन्सी । प्रविधिको युगमा आजभोली १३ वर्षदेखि नै किशोर किशोरीहरुमा नियमित रुपमा अश्लील भिडियो र तस्बिर हेर्ने बानी नै परेको छ ।

तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

अध्ययन अनुसार पोर्न भिडियो हेर्दा मानिस पागल बन्ने र यौन उत्तेजना पनि हराउने सम्भावना उच्च हुन्छ ।

अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।

उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लील हेर्न उत्प्रेरित गर्ने जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लील भिडियो हेर्नेमा यौन उत्तेजना निस्कृयता आएको देखाइएको थियो ।

दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ । ‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ ।

 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु