एम्बुलेन्समा गरिएको तोडफोडप्रती सुनवरा कृर्षी सहकारी संस्थाको प्रेस विज्ञप्ती जारी

टेक राज पन्त 
भाद्र १०, कञ्चनपुर 
 
 
   शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको श्री सुनवरा कृर्षी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको म १ च ४४६ नम्बरको एम्बुलेन्समाथि गरिएको तोडफोडप्रती गम्भिर ध्यानाकर्षण भएको संस्थाले आज एक विज्ञप्ती मार्फत जनाएको छ । 
   मिती २०७५ भाद्र ८ गतेका दिन बेलुकि ५ बजेको समयमा झलारी देखि महाकाली अञ्चल अस्पतालमा बिरामी छोडि फर्कने क्रममा प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा एम्बुलेन्स माथि तोडफोड गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  
   “राज्य पक्षबाट मानवियताका हिसाबले अति आवश्यक मानिने सेवारथ एम्बुलेन्स माथि राज्यको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीद्धारा नै राज्यको सम्पती माथि तोडफोड हुनु गैर जिम्मेवारी कार्य अति नै निन्दनीय छ यसको घोर भत्सर्ना गर्दछौ ।” विज्ञप्तीमा भनिएको छ । 
   एम्बुलेन्स विगत ३ दिन देखि तोडफोड गरिएकै स्थान जिल्ला हुलाक कार्यालय अगाडि बेवारीसे अवस्थामा रहेको छ । जिल्ला सदरमुकाम कञ्चनपुरमा निषेध आज्ञा (कफ्यु) जारी रहेकाले त्यहाँ जान असमर्थ रहेको र त्यसकारण शुक्लाफाटाँ नगरपालिका लगायत आसपासका जनता उक्त सेवाबाट बन्चित भई सास्ती खेपी रहनु परेको विज्ञप्ती मार्फत बताइएको छ । 
   “राज्य पक्ष बाट उक्त सेवा सुचारुकालागि कुनै पनि आवश्यक पहल नगरिएकोमा तत्काल एम्बुलेन्स सेवा सञ्चालनका लागि आवश्यक पहल गरीयोस भनि ध्यानाकर्षण गराउन चाहान्छौ ।” सुनवरा कृर्षी सहकारी संस्था लिमिटेडका अध्यक्ष हरेन्द्र कुमार भण्डारी द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।  
 

Tuning

onair

On Air

onair

Coming up..
Hit mix songs

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु