जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकाल्यो प्रेस विज्ञप्ती 'झुटा समाचारहरुप्रती विश्वास नगर्न अनुरोध'

टेक राज पन्त 
कञ्चनपुर, साउन १४ 
  आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गर्दै झुटा समाचारहरुमा विश्वास नगर्न अनुरोध गरेको छ । 
  साउन १३ गतेबाट विभिन्न रुपमा सामाजिक सञ्जाल फेसबुक पेजमा १४ वर्षिय बालिकालाई जबरजस्ती बलत्कार गरि हत्या गर्ने यिनै पुलिस हुन । यिनि अहिले फरार छन यो पोस्टलाई सक्दो सेयर गरि पक्राउ गर्न सहयोग गर्नु होला तपाईको सानो सहयोगले १४ वर्षिय बालिकालाई न्याय मिल्नेछ भनि अनलाइन तथा विभिन्न फेसबुक पेजहरुमा फोटा सहित पोष्ट गरेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफ्नो गम्भिर ध्याकर्षण भएको जनाएको छ । 
  उक्त घटनाका सम्बन्धमा प्रहरीले गम्भिरताका साथ अनुसन्धान गरिरहेको अवस्थामा अनुसन्धानमा प्रभाव पार्न र समाजमा भ्रम फैलाउने गलत नियतले तथ्यहिन र भ्रमात्मक समाचार प्रकासीत गरेको पाइएकाले त्यसमा कुनै सत्यता नरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
  त्यस्ता किसिमका अर्थहिन समाचारले सामाजिक सद्भावमा खलल पु¥याउने हुदा त्यस प्रकारका अफवाहहरुमा विस्वास नगर्न हुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सम्पुर्णमा अनुरोध गरेको छ । 
 
 

Tuning

onair

On Air

onair

Coming up..
Adhyadtmik Yatra

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु