बिना सम्झौता निर्मलाको शवको अन्त्यस्टी गरियो

कञ्चनपुर, १४ साउन 
  बलत्कार पछि हत्या गरेर उखुवारीमा फालेको अवस्थामा फेला परेकी कञ्चनपुरको भीमदत्तनगरपालीका २ की १३ बर्षिय बालिका निर्मला पन्तको चार दिन पछि आज बिहान बिना सर्त अन्त्येस्टी गरिएको छ । 
  शुक्रवार बालिकाको शव नगरपालीकाको वडा नं १८ निम्बुखेडा स्थीत उखु बारीमा फेला परेको थियो । शव फेला परेपछि स्थानिय बासिन्दाले शुक्रवार देखिनै महेन्द्रनगर बजारमा विरोध प्रदर्श गरिरहेका छन ।
  शवको दाहसंस्कार गरे पनि मागहरु पुरा नहुन्जेल आन्दोलन जारि राख्ने पिडितका आफन्त भोज राज पन्तले बतएका छन ।
  त्यसैगरि हत्याको थप अनुसन्धानका लागी केन्द्रिय अनुसन्धान व्युरो सिआइबिका प्रहरी नायब उपरिक्षक अंकुर जिसि नेतृत्वको सिआइबिको टोली हिजो नै कञ्चनपुर आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिनु भयो ।
 

Tuning

onair

On Air
Parsna hamroo bichar tapaikoo

onair

Coming up..
prabhu headlines news

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु