नागरिक समाज कञ्चनपुको स्थानिय प्रसासनलाई ध्यानाकर्षण

 
रिना अधिकारी
कञ्चनपुर, साउन १३
  कञ्चनपुरमा बढ्दै गइरहेका हत्या, हिंसा बलत्कार जस्ता अपराधिक घटनाहरु प्रती नागरिक समाज कञ्चनपुरले पटक पटक स्थानिय प्रसासनको ध्यानाकर्षण गराए पनि यस्ता अपराधिक घठनामा कमी नआएको प्रती नागरिक समाज कञ्चनपुको गम्भीर ध्यानाकर्षण भएको छ । 
  साउन १० गते भिमदत्त नगरपालिका २ कि निर्मला पन्तको विभत्स हत्या घटनाको नागरिक समाजले घोर भत्सना गरेको छ । 
  आज ध्यानाकर्षण पत्र जारी गर्दै पिडित बालिका र परिवारजनलाई न्यायको अनुभुती दिलाउने किसिमको वातावरण सिर्जना गरियोस भनि नागरिक समाज कञ्चनपुरले यथासिघ्र निर्मला पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरि दोषी माथी कडा भन्दा कडा कार्वाहिको माग गरेको छ । 
  साथै घटनाको अनुसन्धान पक्रियामा सहयोग गर्न सम्बन्धीत सरोकारवालाहरुलाई अनुरोध गर्नुका साथै स्थानिय प्रहरी प्रसासनलाई अनावश्यक रुपमा बल प्रयोग नगर्नका लागी ध्यानार्कषण गराएको छ । 
  प्रत्येक नागरिकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती हुने वातावरण कायम गर्नका लागी स्थानिय प्रसासनसंग नागरिक समाजले माग गरेको छ ।
 

Tuning

onair

On Air
Prabhu News

onair

Coming up..
Parsna hamroo bichar tapaikoo

अभिलेखालय

space for add

ग्यालरी

भिडियोहरु